केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन र चाँदीको भाउ स्थिर

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ ।

शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो ।

 

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्