केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्रीको राजीनामा माग्दै पोखरामा सहकारीका बचतकर्ताद्धारा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।

 

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्