केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसद्धारा काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नेपाली कांग्रेसद्धारा आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।

त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् ।

 

 

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्