केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार १ प्रतिशतले घट्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, आइतबार सेयर बजार १.०३ प्रतिशत घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २२.१४ अंक घटेसँगै नेप्से २१०९ मा कायम भएको छ ।

लगातार अघिल्ला ५ कारोबार दिनसम्म बजार बढेको थियो । दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भयो ।

जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् ।

होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६.३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, नबिल बैंक र सोल्टी होटल क्रमशः अगाडि रहे ।

 

 

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्