केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिक्किमका सिमोनलाई ‘द पोएट आइडल-२’ को उपाधि

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, ‘द पोएट आइडल सीजन–२’ को उपाधि सिक्किमका सिमोन सुकिता राईले जितेका छन् । शनिवार अबेर राति सम्पन्न ग्राण्ड फिनालेमा राईले उपाधिसंगै नगद १० लाख रुपैयाँसहितको पुरस्कार जितेका हुन् ।

राईले उपाधि तथा पुरस्कारसँगै एभरेष्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्यायनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचरसमेत प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा धादिङकी कवयित्री डा.मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी तथा विभिन्न पुरस्कारहरु प्राप्त गरे ।

अमन प्रताप अधिकारीको निर्देशन तथा दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ दोस्रो सीजन गत माघ २९ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका निर्णायकमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा तथा केकी अधिकारी रहेका थिए ।

फिनालेमा अभिनेता सुनिल थापा तथा ‘पुजार सार्की’ फिल्मका कलाकार तथा निर्देशक अतिथिको रूपमा सहभागी भएका थिए । ‘द पोएट आइडल’ को पहिलो सीजनको विजेता पनि सिक्किमकै कवि निलम गुरुङ बन्न सफल भएकी थिइन् ।

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्