केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, सोमबार दिउँसो परेको वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न भएको छ । उक्त भवनको भित्र र बाहिर पानी जमेको छ ।

प्रदेशसभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा दिउँसो २ बजेदेखि परेको वर्षापछि पानी जमेको हो ।

बागमतीको प्रदेशसभा बैठक सोमबार नै बोलाइएको छ । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर बैठक बस्नुअघि प्रदेशसभा परिसर जलमग्न छ ।

 

 

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्