केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जसपा विभाजनसँग सम्बन्धित मुद्दामा आज सुनुवाइ हुन सकेन

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, जनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको छ ।

जनता समाजवादी पार्टी नेपाल छाडेका अशोक राईसहितका नेताहरुले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरुको दल दर्ता गरिदिएको थियो ।

तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुबै रिटलाई सँगै राखेर सोमबार हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् ।

 

 

 

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्