केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान यथावत् राख्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान यथावत् राख्ने भएको छ ।

पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराए ।

कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।

‘मुख्य कुरा भनेको यो संसदीय छानबिन समितिले गोर्खा मिडियामाथि अनुसन्धान गर्छ कि गर्दैन ? गोर्खा मिडियाको मालिक रवि लामिछाने पनि हुन् ।

बालुवाटार बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौला, कार्यदल सदस्य समेत रहेका सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार जाने भएका छन् ।

 

 

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्