वर्षाले धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन
सहयात्रा टिभी
काठमाडौं । जेठ १५, गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।
राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो ।
बाटो खुलाउने प्रयासमा गजुरी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा ट्राफिक प्रहरीसमेत खटिएको छ । तर बाटो सहज नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।
प्रहरीले स्थानीय एफएमहरुबाट बाटो बन्द भएको सूचनासमेत प्रवाह गर्दै आएको छ ।