संसदीय समितिको ४ बुँदे कार्यादेश टुंगो लागो

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।

मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । कार्यदलले कार्यादेश टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

कानुनमन्त्री गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउनेछ ।

कार्यदलका ती सदस्यका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।

 

प्रकाशित : 28 May, 2024

प्रतिक्रिया दिनुहोस्