केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिकित्सा लगायत प्राविधिक शिक्षाका लागि सरकारले कर्जा दिने

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने उनले बताए ।

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’

यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।

 

प्रकाशित : 28 May, 2024

प्रतिक्रिया दिनुहोस्