सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

सहयात्रा टिभी

सुर्खेत । जेठ १७, सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत हुन बाँकी रहेको छ । जीप सडकदेखि करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ५ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित : 30 May, 2024

प्रतिक्रिया दिनुहोस्