बजेटसँगै सुन तोलामा थप ६ हजारले महँगीयो
सहयात्रा टिभी
काठमाडौं । जेठ १७, बजेटसँगै सुनमा भन्सार दर बढाएर तोलामा थप ६ हजार महँगो पर्ने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ ।
सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ । थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।
नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने उनले बताए । त्यस्तै महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले नयाँ भन्सार दरअनुसार बैंकहरुले मूल्य जोडिसकेकाले महासंघले सोअनुसार मूल्य तय गर्ने बताए ।