केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङमा अत्यधिक गर्मी भएपछि पाँच दिन विद्यालय बिदा

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, अत्यधिक गर्मी भएपछि तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा पाँच दिन बिदा दिइएको छ ।

केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको छ ।

बुधबार दाङको तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । दाङको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि आज र भोलि दुई दिन विद्यालयमा बिदा दिएको छ ।

 

प्रकाशित : 30 May, 2024

प्रतिक्रिया दिनुहोस्