केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाले लामिछानेलाई भिसा दिन फेरी अस्वीकार

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरी अस्वीकार गरेको छ ।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए ।

 

 

 

प्रकाशित : 30 May, 2024

प्रतिक्रिया दिनुहोस्