एमाले पार्टीभित्र ५० प्रतिशत महिला सहभागिता पुर्‍याउने संकल्प

सहयात्रा टिभी

काठमाडौं । जेठ १८,  एमाले पार्टीभित्र ५० प्रतिशत महिला सहभागिता पुर्‍याउने संकल्प गरेकाठमाडौं । जेठ १८, नेकपा एमालेका महिला नेताहरूले पार्टीभित्र ५० प्रतिशत महिला सहभागिता पुर्‍याउने संकल्प गरेका छन् ।

राजधानी उपत्यकामा बिहीबार सम्पन्न दुई दिने राष्ट्रिय महिला भेलाका सहभागीहरूले पार्टीभित्र पुरुष र महिलाको सहभागिता बराबर बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेल्ने वचनवद्धता जनाएका हुन् ।

२०६३ सालमा पुनर्स्थापित संसद्‌बाट महिलाका पक्षमा संकल्प प्रस्ताव पारित भएको दिन पारेर १६ जेठमा एमालेले महिला भेला गर्दै आएको छ । जनसंगठन समन्वय संयन्त्रले गरेको भेलामा देशभरका सिनियर महिला नेताहरू सहभागी थिए ।

यो भेलाले एमालेका तत्कालीन उपाध्यक्षका हैसियतमा विद्यादेवी भण्डारीले ल्याएको संकल्प प्रस्तावको भावना बमोजिम महिला सहभागिता अझै सुनिश्चित हुन नसकेको निष्कर्ष निकालेको छ । जसका लागि अझै ४२ वटा कानुन संशोधन आवश्यक रहेको भेलाले निष्कर्ष निकालेको छ ।

महिलालाई राज्य र पार्टीको नेतृत्वदायी भूमिकामा पुर्‍याउन आवश्यक पहलकदमीबारे आवाज उठाएको भेलाले चुनावमा दलहरूबीच हुने गठबन्धन महिलाको पक्षमा नरहेको निष्कर्ष निकालेको छ ।

भेलाले राज्य, पार्टी र समाजमा महिलाको गुणात्मक सहभागिता बढाउनु एमालेले नेतृत्व लिनुपर्नेसहित २१ बुँदे घोषणापत्र जारी गरेको छ ।

 

प्रकाशित : 31 May, 2024

प्रतिक्रिया दिनुहोस्