अर्थमन्त्री पुनले चुनौतीपूर्ण बाटो रोजेको विष्णु पौडेलको टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले चुनौतीपूर्ण बाटो रोजेको टिप्पणी गरेका छन् ।

कतिपयले महत्वाकांक्षी बजेट आएको भनेर टिप्पणी गरेको आफूले सुनेको उल्लेख गर्दै उनले महत्वाकांक्षी नभनेर उच्च आकांक्षी भन्ने शब्द प्रस्तुत बजेटका लागि उपयुक्त हुने बताए ।

आइतबारबाट प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ ।

पार्टीका तर्फबाट सुरुमै आफ्नो धारणा राखेका पूर्वअर्थमन्त्री पौडेलले पूरा नै नहुने लक्ष्य बजेटमा नरहेको बताए । तर बजेटका लागि सबै प्रकारका लक्ष्य प्राप्तिका निम्ति अथक मिहिनेतको आवश्यकता पर्ने सुझाए ।

बजेटका सकारात्मक पक्ष, नकारात्मक पक्ष र कार्यान्वयनका चुनौतीबारे पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी छ ।

 

 

प्रकाशित : 2 June, 2024

प्रतिक्रिया दिनुहोस्