मधेशमा पानीको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, चुरे दोहन रोक्न र मधेशमा पानीको समस्या समाधान गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका मधेशका बासिन्दाले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत आइतबार बानेश्वरको सडकमा प्रदर्शन गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्वीर रहेको प्लेकार्ड बोकेर ‘हामी यहाँ तपाई कहाँ’ भन्ने प्रश्न सोधेका छन् । प्रदर्शनमा सहभागीहरुले मुखमा पट्टीसमेत बाँधेका छन् ।

 

 

प्रकाशित : 2 June, 2024

प्रतिक्रिया दिनुहोस्