केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म प्रसाद २ का निर्देशक सुदर्शन थापा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, फिल्म ‘ प्रसाद २’ का  निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।

 

प्रकाशित : 3 June, 2024

प्रतिक्रिया दिनुहोस्