नेप्सेमा ३.९७ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, सोमबार सेयर बजार परिसूचक नेप्सेमा ३.९७ अंकको गिरावट आएको छ ।

सो अंकको कमीपछि नेप्से २०७९ अंकमा झरेको छ । नेप्से घट्दा कारोबार रकम पनि खुम्चिएको छ । दिनभर कुल ४ अर्बको कारोबार भयो । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । ११० कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ को स्थिर रह्यो ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६६ प्रतिशत बढ्यो । त्यस्तै हिमालयन लघुवित्तको ६.९, नेसनल माइक्रोफाइनान्सको ६, ग्लोबल आईएमई लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, पोखरा फाइनान्स, ग्रिन भेन्चर, नेपाल फाइनान्स र हिमालयन माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 3 June, 2024

प्रतिक्रिया दिनुहोस्