पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न नसक्ने : विज्ञ

काठमाडौं । जेठ २२, सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न नसक्ने गरी आएको विज्ञहरुले बताएका छन् ।
‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् ।
छलफलमा, नेपाल सरकार पूर्वसचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण व्यवसायीले काम गरेको खर्च पाउँछन् की पाउँदैनन् भन्ने मुख्य विषय रहेको बताए ।
‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ । मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिले अवस्था दोहोरिने देखिन्छ,’ ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ,’ उनले भने्, ‘मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिलेकै अवस्था दोहोरिने देखिन्छ ।’
नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले आयोजना घोषणादेखी बजेट छुट्टाउने होस् वा कार्यन्वयन गर्ने बेलासम्मै राजनीतिक दबाब हुने गरेको बताए ।
उनका अनुसार आयोजना प्रमुख छनोट गर्दा नै राजनीतिक दबाबमा हुने गरेको छ । उनले आगामी वर्षको बजेट ल्याउँदा नै रकमान्तर हुनेगरी ल्याइएको ठोकुवा गरे ।
सचिव सिग्देलले भौतिक पूर्वाधार मन्त्रालयको दायित्व साढे २ खर्ब रुपैयाँ छ । यो वर्ष डेढ खर्ब रुपैयाँको रहेको छ । २ वर्षका सक्नेगरी आयोजनाका लागि व्यवस्थापन योग्य नै रहेको बताए । अहिले छुट्टाएको ९५ प्रतिशत बजेट मन्त्रालयको प्राथमिकता प्राप्त आयोजनालाई परेको बताए ।