प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।


बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै“ विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले “ विनियोजन विधेयक, २०८१” प्रस्तुत गरिनेमहासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले “राष्ट्र ऋण उठाउने विधेयक, २०८१”, “भन्सार महशुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, र “भन्सार महशुल विधेयक, २०८१” प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

प्रकाशित : 5 June, 2024

प्रतिक्रिया दिनुहोस्