फेरि सुनको मूल्यमा रेकर्ड ब्रेक
सहयात्रा टिभी
काठमाडौं । जेठ २४, फेरि सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो । चाँदीको भाउ बिहीबार तोलामा २५ रुपैयाँ बढेर १८५० रुपैयाँ कायम भएको छ ।