नेप्से घट्दा कारोबार रकममा बृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ २४, बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । नेप्से १.९३ अंकले घट्दा कारोबार रकममा बृद्धि भएको छ ।
अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३८ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने ११ को स्थिर रह्यो ।
क्षेत्रगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशत (५८ अंक) बढ्यो । माइक्रोफाइनान्स ४२, हाइड्रा्ेपावर २०, होटल तथा पर्यटन ६ अंक बढे ।
बैंकिङ ७, विकास बैंक २४, फाइनान्स ४५, जीवन बीमा २४, उत्पादन ४२, निर्जीवन बीमा ४० र अन्य समूह २ अंक घटे ।
इमर्जीङ नेपाल, मिडसोलु हाइड्रोपावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, हिमालयन लघुवित्त र सुपरमादी हाइड्रोपावर क्रमशः अगाडि रहे ।