केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सतीदेवी टिजर सार्वजनिक, मलिकालाई किन जुत्ताको माला र कालोमोसो ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, निर्देशक लक्ष्मण सुवेदीको तेस्रो फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा घरमा दुई छोरी हुँदा हुँदै पनि श्रीमानले छोरा जन्माउन श्रीमतिलाई दिएको तनावलाई देखाइएको छ ।

फिल्मकी प्रमुख पात्र सतीदेवीको भूमिका निर्वाह गरेकी नायिका मलिका महतले छोरीले झेल्नु परेको मानसिक तनाव र पीडालाई टिजरमा देखाइएको छ । टिजरमा मलिकालाई गाउँलेले जुत्ताको मालासहित कालोमोसो दलेर खेदाएको दृश्य निकै मार्मिक छ ।

आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मले प्रदर्शन नहुँदै नेपालमै भएका महत्वपूर्ण फेस्टिभलमा अवार्ड जितिसकेको छ ।

प्रकाशित : 9 June, 2024

प्रतिक्रिया दिनुहोस्