झोलुङ्गे पुलमा फसेका १३ खच्चर मध्ये ११ को उद्धार २ वटा मरे

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।

सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरको उद्धार भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ ।

 

 

प्रकाशित : 9 June, 2024

प्रतिक्रिया दिनुहोस्