केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोजपुरमा आफ्नै आमाको हत्या गरेको छोरा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मिलनले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 June, 2024

प्रतिक्रिया दिनुहोस्