केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेश सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै

सहयात्रा टिभी

जनकपुरधाम । जेठ २९, मधेश सरकार आज अगामी आर्थिक २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।


नीति तथा कार्यक्रमका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक डाकिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । जेठ २५ मा ६ दलको समर्थनमा जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वमा नयाँ सरकार बनेको थियो। सरकार फेरिएकाले नीति तथा कार्यक्रम ल्याउन ढिला भएको छ ।

 

 

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्