केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुँदैछ । यसअघि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण २ दिन बैठक स्थगित गरिएको थियो ।

बिहान ११ बजेदेखि बस्ने बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शिर्षकहरूमाथि विनियोजित बजेटमा छलफल हुनेछ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयकको २०८१ अन्तर्गत विभिन्न मन्त्रालय शीर्षकको खर्च रकम घटाएर एक रूपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्