केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेनामा जागिर खाने नागरिक अभाव भएपछि विदेशीलाई भर्ना गर्दै अष्ट्रेलिया

सहयात्रा टिभी

एजेन्सि । जेठ २९, अष्ट्रेलियाको सेनामा जागिर खाने नागरिकहरु अभाव भएपछि विदेशी नागरिक भर्ना लिने तयारी सुरु भएको छ ।


अष्ट्रेलियाको सेनामा भर्ना हुन जेन जेड् अर्थात सन १९९५ देखि २०१० सम्म जन्मिएको पुस्ताले अनिच्छा राखेपछि यस्तो प्याकेज ल्याउन लागिएको हो । सेनाको कोटामा चाहिनेमा २० प्रतिशत भर्ना नभएपछि यस्तो प्याकेज ल्याउन लागिएको दि कन्भरसेसनले उल्लेख गरेको छ ।

यहि जुलाईबाट अष्ट्रेलियामा बसिरहेका न्यूजिल्याण्डका नागरिकहरुलाई सेनामा भर्ना लिने बताइएको छ । यस्तै, आगामी वर्षबाट भने बेलायत, अमेरिका तथा क्यानडाका नागरिकलाई पनि सेनामा भर्ना लिने तयारी भएको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा बसेको एक वर्ष पुगेका वा विदेशी सेनामा काम गरेको अनुभव भएकालाई सेनामा भर्ना लिइने भएको अष्ट्रेलियाली प्रशारक एबीसीले उल्लेख गरेको छ । फाइभ आइज् नाम गुप्तचरी गठबन्धनमा जोडिएका देशहरुका नागरिकलाई अष्ट्रेलियाले सेनामा भर्ना लिने भएको हो । एबीसीले यी पाँच देशपछि प्रशान्त क्षेत्रका देशहरु र अरु देशहरुका नागरिकलाई पनि क्रमश सेनामा लिइने वातावरण बन्दै गएको उल्लेख गरेको छ ।

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्