केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहरी मन्त्रालयको १० लाखभन्दा कम बजेटका करिब ४ सय योजना छनोट

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सहरी विकास मन्त्रालयले १० लाखभन्दा कम बजेटका करिब ४ सय योजना छनोट गरेको छ ।

मन्त्रालयको बजेट पुस्तिका (रातो किताब) मा ३ सय ८७ योजना १० लाखभन्दा कम रकमको देखिएको हो । जनता आवास कार्यक्रम बाहेक धेरै टुक्रे योजनाहरू समावेश छन् ।

मन्त्रालयले राखेको १ लाखदेखि ९ लाखसम्मको अधिकांश बजेट टुक्रे योजनाहरूमा मात्रै रहेको छ । यस्तै धेरै बजेट कानुनी लगायतका परामर्शहरूका लागि छुट्याएको देखिन्छ ।

मन्त्रालय मातहतको कार्यालयको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक समीक्षा कार्यक्रमका लागि पनि यस्ता बजेट विनियोजन भएको देखिएको छ ।

यस्तै आयोजना हस्तान्तरणको मोडालिटी तयार पार्ने भन्दै बजेट विनियोजन भएको छ । सानो रकममा धेरै बजेट छरेर सडकको डीपीआर, मर्मत, अध्ययनका लागि छुट्याएको छ

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्