पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । जेठ ३०, सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर अन्य दुईजना मजदुर घाइते भएका छन् ।

मृतक र घाइते सबै अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने मजदुर हुन् ।


