बजार परिसूचक नेप्से बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।

मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक ९०.३०० प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशतले बढेको छ ।

 

 

 

प्रकाशित : 12 June, 2024

प्रतिक्रिया दिनुहोस्