आईजीपी परिवर्तन हुने हल्लामात्रै चलेको : प्रधानमन्त्री प्रचण्ड

सहयात्रा टिभी

काठमाडौँ । असार ३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् ।

उनले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताए ।

यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग पनि जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले आईजीपी परिवर्तनको हल्लामात्रै चलेको बताए ।

‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, प्रचण्डले भने, ‘त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’

यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।

 

 

 

प्रकाशित : 17 June, 2024

प्रतिक्रिया दिनुहोस्