प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारीहरूले धर्ना दिए

काठमाडौँ । असार ४, संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।
अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् । ११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् ।
संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।