ठमेलमा सहयोगको बहाना गरी एक नेपालीले विदेशीलाई ठगे

सहयात्रा टिभी

काठमाडौँ । असार ४, सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लागेको छ ।

शुभव तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् ।

सहयोग गर्छु भन्दै ठमेलको होटल योगमा लगेर पाकिस्तानी र भारतीय नागरिकलाई रोखेको र उनीहरुबाट रकम लिएर होटललाई समेत नतिरी ठगी गरेको पीडितहरुको भनाइ छ ।

तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर अर्का भारतीय चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएको बताएका छन् ।

प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले भने घटनाको बारेमा आफूलाई अहिलेसम्म रिपोर्टिङ नभएको र उजुरी दर्ता भए कारबाही अघि बढ्ने बताए ।

 

 

प्रकाशित : 18 June, 2024

प्रतिक्रिया दिनुहोस्