आन्दोलनरत दुग्ध किसानहरु आज पनि धर्नामा बसे

सहयात्रा टिभी

काठमाडौं । असार ६, दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज पनि धर्नामा बसेका छन् ।

उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।

सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।

किसानहरुले बुधबार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 

 

 

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्