कस्तो छ वेब सिरिज ‘मिर्जापुर-३’ को ट्रेलर

काठमाडौं । असार ७, बहुप्रतिक्षित भारतीय वेब सिरिज ‘मिर्जापुर ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा सिरिजको कथाबारे चित्रण गरिएको छ। पूर्वाञ्चलको सिंहासनका लागि लडाई फेरि सुरु हुन लागेको छ। गुड्डु पण्डित (अली फजल) कालेन भैया (पंकज त्रिपाठी) लाई हटाएर पूर्वाञ्चलको राजा बन्न चाहन्छन्।
यसमा उनलाई कलेन भैयाकी श्रीमती बीना त्रिपाठी ९रसिका दुग्गल० बाहेक अरु कसैको सहयोग छैन। ट्रेलर हेरेपछि यसपटक त्रिपाठीको भूमिका निकै महत्वपूर्ण हुने देखिन्छ। स्वर्गीय मुन्ना त्रिपाठी (दिव्यन्दु शर्मा) की श्रीमती माधुरी, जो राज्यको मुख्यमन्त्री पनि हुन्, उनी गुड्डुसँग बदला लिन चाहन्छिन्। गत सिजनमा उनको श्रीमान मुन्नाको गुड्डुले हत्या गरेका थिए।
गोलु (श्वेता त्रिपाठी) फेरी एक पटक लेडी डनको रुपमा देखा परेकी छिन्। उनको मन र मन अझै रिसले भरिएको छ। अर्कोतर्फ, बिहारका त्यागी (विजय वर्मा) पनि आफ्नो अस्तित्वको लागि लडिरहेका देखिए। ट्रेलरको अन्तिम ५–६ सेकेन्डमा कालिन भैया अर्थात पंकज त्रिपाठी भित्रिन्छन्। उनको प्रवेशको समयमा मिर्जापुरको थिम गीत बज्छ। जसले दर्शकहरुमा उत्सुकता पैदा गरेको छ। समग्रमा यो ट्रेलरबाट निर्माताहरुले आशा जगाएका छन्।
यो सिरिज ५ जुलाई अमेजन प्राइममा स्ट्रिमिङ हुनेछ। गुरमीत सिंह र आनन्द अय्यरले निर्देशन रहेको यो सिरिज १० एपिसोडको हुनेछ। यस सिरिजलाई रितेश सिधवानी र फरहान अख्तरले मिलेर निर्माण गरेका हुन्। मिर्जापुरको पहिलो सिजन १६ नोभेम्बर २०१८ मा अमेजन प्राइम भिडिओमा स्ट्रिमिङ गरिएको थियो। जसमा पंकज त्रिपाठी, अली फजल, कुलभूषण खरबन्द, दिव्यन्दु शर्मा, विक्रान्त मेसी, रसिका दुग्गल, श्वेता त्रिपाठी र विजय वर्मा मुख्य भूमिकामा देखिएका थिए। दोस्रो सिजन २३ अक्टोबर २०२२ मा रिलिज भएको थियो। दुवै सिरिज निकै हिट भएका थिए।