बद्री पंगेनीसहित १० जनाले गाएको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित

सहयात्रा टिभी

काठमाडौं । असार ७, बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायकगायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ ।

गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ-संगठनहरुले प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायत प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

विद्यार्थीहरुले स्कुलभित्रै शिक्षकमाथि अनादर गरेका दृश्यले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको शिक्षक संगठनहरुको भनाइ छ ।

उनीहरुले आफ्नो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरुलाई सामूहिक बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।

 

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्