असारमा १६ मा रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ गर्ने

सहयात्रा टिभी

काठमाडौं । असार ७, गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले असार १६ गते फेरि सुनुवाइ गर्ने भएको छ ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

शुक्रबार निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १६ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको हो ।

 

 

 

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्