राष्ट्रिय सभामा नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पेस

सहयात्रा टिभी

काठमाडौं । असार ९, नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक २०८१ राष्ट्रिय सभा पेस भएको छ ।

आइतबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् ।

यो विधेयक ३१ असार २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । आइतबार सभामा विधेयक पेस गर्दै ऊर्जामन्त्री बस्नेतले नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा ऊर्जाको आपूर्ति सुनिश्चित गर्न विधेयक ल्याएको बताए ।

 

 

 

प्रकाशित : 23 June, 2024

प्रतिक्रिया दिनुहोस्