केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा

सहयात्रा टिभी

काठमाडौं । असार १०, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ ।

मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्