सरकारी छाप र दस्तखत कीर्तेमा दोषी ठहरीएका व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असार १०, सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५हजार रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो ।

 

 

 

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्