संसद्का कर्मचारीको भत्ता बढाउने ७ बुँदे सहमति

सहयात्रा टिभी

काठमाडौं । असार १०, आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकार  बीच ७ बुँदे सहमति भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्