विराटनगरका बस्तीमा बाढी पस्यो, बजार क्षेत्र जलमग्न

सहयात्रा टिभी

कोशी । असार १२, केही दिन यता भएको भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । महानगरपालिका भित्रका अधिकांस घर डुबानमा परेका छन् ।

बस्तीमा पानी पसेपछि सर्वसाधारण समस्यामा परेका छन् । महानगरपालिका मेयर नागेश कोइरालाले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् । डुबानमा परेकाको सहजीकरण र उद्दारमा टोली परिचालन भइरहेको कोइरालाले बताए ।

विराटनगरको सिंगिया खोला र केसलियामा बाढी उर्लिएपछि महानगरका बस्तीमा पानी पसेको हो । महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । विराटनगरका पूर्वी र पश्चिम भेग सबै भन्दा बढी प्रभावित भएका हुन् ।

प्रकाशित : 26 June, 2024

प्रतिक्रिया दिनुहोस्