एसइईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

सहयात्रा टिभी

काठमाडौं । असार १२, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको सम्पूर्ण तयारी पुरा भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


नतिजा सार्वजनिक गर्ने क्रममा प्राविधिक समस्या नदेखिएमा दिउँसो नतिजा प्रकाशन हुने कार्यालयको भनाइ छ । यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ । गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका छन् ।

प्रकाशित : 26 June, 2024

प्रतिक्रिया दिनुहोस्