रास्वपा प्यूठान संयोजक सुमन सुवेदीद्वारा पार्टी परित्याग

सहयात्रा टिभी

रुपन्देही । असार १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सुबेदीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् । रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले सुवेदीले लिएको जिम्मेवारी पूरा गर्न नसकेकाले आफै छाडेको नेपाल प्रेसलाई बताएका छन् । ‘उहाँले आफै नेतृत्व दावी गरेर नै जिम्मेवारी लिनुभएको थियो तर नतिजा आएको थिएन, केन्द्रले नै उहाँको रिपोटिङमा सन्तोष मानेको अवस्था थिएन, काम गर्न नसकेरै छाडेको आवस्था हो’, उनले भने ।

प्रकाशित : 26 June, 2024

प्रतिक्रिया दिनुहोस्