झापामा हात्ती मृत फेला

सहयात्रा टिभी

झापा । असार १३, झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर– ३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा आज बिहान मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीयवासीले खोलामा मरेको हात्ती देखेपछि जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायका संयुक्त टोली खोला खोला किनारमा पुगेको थियो । झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशु विशेषज्ञ टोली आउने बताए ।

प्रकाशित : 27 June, 2024

प्रतिक्रिया दिनुहोस्