माओवादीले समाजवादीसँग एकता गर्ने प्रयास गरिरहेका छौं : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । असार १६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् ।

आइतबार एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाए । आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताए ।

आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डले दाबी गरे । तैपनि अहिले सबै भष्टमात्र छन् भनेर प्रचारबाजी भइरहेको भन्दै उनले असन्तुष्टि जनाए ।

 

 

प्रकाशित : 30 June, 2024

प्रतिक्रिया दिनुहोस्