प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असार १७, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ। यता कांग्रेस सभापति देउवाले सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रकाशित : 1 July, 2024

प्रतिक्रिया दिनुहोस्